गण्डकी

अविरल वर्षाका कारण दुई दर्जन घर जोखिममा



तनहुँ १४ बैशाख । तनहुँमा केही दिन यतादेखि परेको अविरल वर्षाका कारण व्यास नगरपालिकाका दुई वडाका करिब दुई दर्जन बढी घर जोखिममा परेका छन् । व्यास नगरपालिकाका वडा नं १ र ३ का घरमा क्षति पु¥याउँदा जोखिममा परेका हुन् ।व्यास नगरपालिका–१ लिचीघारीस्थितका एक दर्जन घर पहिरोले क्षति पु¥याउँदा पदम विश्कर्मा, मनोज धमेल, सूर्य मग्राती, उत्तम पुलामीलगायत घर जोखिममा परेका छन् । बस्तीमा नालीको व्यवस्थापन नहुँदा धेरै घरमा क्षति पुगेको छ । बिहीबार र शुक्रबार रातभर परेको अविरल वर्षाका कारण यस क्षेत्रका बासिन्दाको घर खतरामा परेकाले अन्य क्षेत्रमा पनि पु¥यराएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।

  पहिराले बन्दै गरेको घरमा समेत क्षति पु¥याएको व्यास नगरपालिका–१ निवासी घरधनी धु्रव बस्नेतले जानकारी दिनुभयो । बस्ती नजिकै जग्गा प्लाटिङ गरिएको र प्लटिङबाट बगेर आएको बाढीले आफ्नो घरमा क्षति पु¥याएको उहाँले बताउनुभयो । पहिरोपीडित बासिन्दाले जथाभावी प्लाटिङ गर्ने कार्य तत्काल रोक्नका लागि स्थानीय सरकारले समस्या समाधानका लागि पहल गर्नपर्ने उनीहरुले माग राख्दै आएका छन् ।त्यसैगरी पहिरोले व्यास नगरपालिका–३ दुर्गा मन्दिर लाइनका पनि क्षति पुगेको छ ।

 बस्तीमुनि गएको पहिरोले एक दर्जन बढी घर सङ्कटमा परेको वडा नं ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रेमकुमार श्रेष्ठ, चुडामणि दाहाल, इन्द्रकुमार श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, त्रिभुवन श्रेष्ठ लगायत घर खतरामा परेको उहाँले जानकारी दिनुभयो ।जिल्ला प्रहरी कार्यालय नजिकैको पछाडिपट्टि पर्ने ती घरको भतेरीपट्टिको भागमा करिब ५० मिटर लामो पहिरो गएपछि ती घर सङ्कटमा परेका हुन् । मूल पलाउने र माटो बग्ने गरिरहेकाले पक्की घर नै बगाउने हो कि भन्ने चिन्ताले सताएर टोलवासी आत्तिएको वडाध्यक्ष श्रेष्ठ बताउनुभयो । सिर्जना टोल विकास संस्था र वडा नं ३ को पहलमा रेडक्रस र व्यास नगरपालिकाबाट त्रिपाल र पाइप मागी माथिबाट झरेको पानी रोक्ने र माटो बग्न नदिने प्रयास गरिएको सिर्जना टोल विकास संस्थाका अध्यक्ष पुष्प श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष पनि सोही ठाउँमा पहिरो जाँदा ती घर खतरामा रहँदै आएका थिए । केही घरको पछाडि ग्याबियन र जाली लगाउने काम भए पनि कतिपय घरको पछाडि काम नहँुदा अहिले पहिरो खसेको हो ।

चट्याङले एफएममा क्षति

यसबीच शुक्रबार साँझ परेको चट्याङले तनहुँको डुम्रे बजारमा सञ्चालित रेडियो बन्दीपुरलाई क्षति पुगेको छ । बन्दीपुर गाउँपलिका–४ बन्दीपुरस्थित रेडियोको टावरमा चट्याङ पर्दा टान्समिटर, युपीएस, ब्याट्रीलगायत क्षति भएको छ । चट्याङबाट करिब रु १५ लाख बराबरको नोक्सान भएको रेडियोका प्रबन्ध निर्देशक विजयकुमार कार्कीले जानकारी दिनुभयो । 

असिनाले बर्खे फलफूलमा क्षति

त्यसैगरी केही दिन जिल्लाको ऋषिङ गाउँपालिकामा अहिलेसम्मको ठूलो असिना पर्दा बर्खे फलफूलमा क्षति पुगेको छ । खेती लगाउने समय हुँदै गरेकाले अन्य क्षति हुन नपाएको ऋषिङ गाउँपालिका कार्यालयले जनाएको छ । असिनाका कारण पलाउँदै गरेको डालेघाँस र बर्खे तरकारी आरु, नास्पति, निबुवा, कागती, रुखकटहरलगायत फलफूलमा क्षति पुगेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । गाउँपालिकाभित्र फलफूल तरकारीमा पुगेको क्षतिको तथ्याङ्क लिने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६