स्वास्थ्य

बालबालिकाको सुरक्षाकालागि खोपसेवा सूचारु गर्ने निर्णय , कोरोना विरुद्धका स्थानीय प्रयास सफल



कपिलवस्तु १५ बैशाख कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोना भईरसका कारण रोकिएको बालबालीकालाई लगाईने खोप जेठ महिनाबाट नियमित सुरु हुने भएको छ । कोरोना भाईरस नियन्त्रणको लागि भन्दै नेपाल सरकारले लक डाउन गरेपछि बालबालीकाहरुलाई लगाउदै आएको बिभिन्न प्रकारको खोप लगाउन स्थगित भएको थियो । बालबालीकाहरुलाई नियमित रुपमा लगानु पर्ने खोप नलगाउदा पछि झनै अर्को समस्या आउन सक्ने भन्दै सोमबार बसेको नगरकार्यपालिकाको बैठकले आगामी जेठ महिनाबाट खोप लगाउन सुरु गर्ने निर्णय गरेकोे हो । खोप सेवा बन्द हुदा हजारौं बालबालिकाका अभिभावकले चिन्ता ब्यक्त गरेका थिए । 

        बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिडोजलाई खोप भनिन्छ । एन्टिडोजहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि निश्चित समयमा उमेर समूह अनुसार बच्चालाई लगाइन्छ । यी खोपहरु जन्मदेखि २३ महिनाको बच्चालाई लगाउनुपर्ने हुन्छ । यस्तै बैठकले अहिलेसम्म लकडाउनलाई प्रभाबकारी बनाउने संगै कोरोना रोकथाम र नियन्त्रणका लागि गरेका प्रयास सफल भएको निष्कर्ष पनि निकालेको छ । नगरमा कतैबाट गूनासो खासै नआएको र अहिलेसम्मका कामहरुबाट सकरात्मक प्रभाब पर्दै गईरहेको नगरले दाबी गरेको छ । नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा वैठक सम्पन्न भएको थियो । 

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६