नवलपरासी, १६ बैशाख । नवलपरासीमा प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीमा एकजना र पूर्वी नवलपरासीमा एकजना गरी दुई जनालाई प्रहरीले लागूऔषध सहित नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार पश्चिम नवलपरासीको सरावल गाउँपालिका ७ भुजहवा भन्सार टोलमा प्रहरी चौकी भुजहवाको टोलीले सोमबार लागू औषध सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले पाल्ही नन्दन गाउँपालिका ३ कुस्मा निवासी ३४ बर्षका शेषकुमार उपाध्यायलाई ब्राउन सुगर लगायतका लागू औषध सहित नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट ओनेरेक्स सिरफ एक सय एमएलको ६० बोटल, अनरेक्स एक सय एमएलको १७ बोटल, स्पाम्स २ सय ८ क्याप्सुल, स्पास्मो २ सय ८१ क्याप्सुल, फेनरागन ६४ पिस, डाइजेपाम ६९ पिस, नुफ्रिन ६७ पिस, ब्राउन सुगर खैरो हिरोइन ७ ग्राम, नाइट्रोभेट २ सय ३८ ट्याब्लेट र युपी ५६ ए एफ ०७३१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
त्यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ परेको छ । दुई किलोग्राम गाँजा सहित मध्यविन्दु १० अरुणखोला दमार चोकबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मध्यबिन्दु नगरपालिका १५ बस्ने बर्ष २८ का चेत बहादुर नेपाली रहेको ईलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी नायब निरीक्षक जनक बुढाले जानकारी दिनुभयो ।हुप्सेकोट गाउँपालिकामा स्थानीयलाई धम्काएर भागेका नेपालीलाई प्रहरीले पछ्याउने क्रममा गाँजा सहित पक्राउ गरेको हो । नेपालीलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया