स्वास्थ्य

कोरोना भाइरसको नयाँ रुप यस्ता छन् थप नयाँ ६ लक्षणहरु



एजेन्सी, १७ बैशाख ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका थप नयाँ रुपमा लक्षणहरु देखिएका छन् । सुरुमा देखिएका लक्षणमा सुख्खा खोकी, कडा ज्वरो र सास फेर्न समस्या हुने रहेका थिए भने हाल आएर  यो रोगका थप धेरै लक्षण पनि भेटिएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोनाका नयाँ लक्षणहरु सार्वजनिक गरेको छ ।

सीडीसीले सार्वजनिक गरेका ६ नयाँ लक्षणहरु

१. सीडीसीका अनुसार कोरोना भाइरस संक्रमणपछि मानिसहरुलाई चिसो लाग्ने जस्तै समस्या हुन्छ  । यो लक्षण बिल्कुल उस्तै हुन्छ जस्तो आम संक्रमणपछि रुघा लाग्छ ।

२. मांशपेशीमा पीडा हुने पनि बताइएको छ । यसअघि पनि कैयौं स्वास्थ्य विज्ञले जोर्नी दुख्ने समस्याबारे बताइसकेका छन् ।

३.  यसको संक्रमणपछि रुघाको साथै शरीर काम्ने र कठ्यांग्रिने जस्ता लक्षण पनि देखिन्छन् । चिसोका कारण शरीर कठ्यांग्रिन थाल्छ ।

४. कोरोना संक्रमित व्यक्तिलाई घाँटीमा खसखसको समस्या हुन्छ । अहिलेसम्म आएका कैयौं बिरमीको घाँटी दुख्ने र सुन्निने समस्या देखिएको थियो ।

५.  कोरोना संक्रमितको जिब्रोले स्वाद थाहा पाउँदैन । कैयौं देशमा भएका बिरामीले स्वाद पहिचान गर्न नसक्ने समस्या देखिएको थियो ।

६. कोरोना भाइरस संक्रमितलाई तीब्र रुपमा टाउको दुख्ने समस्या पनि देखिने गरेको छ । चीन र अमेरिकामा कैयौं बिरामीहरुमा यो समस्या देखिएको थियो ।

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६