सूचना र प्रविधि

अघाँखाँचीका यूवाको नतिजा नेगेटिभ : तर कोरोनावाट मृत्यू हुनेको शव ब्यवस्थापन तालिम



अघाँखाँची १८ बैशाख । अरुले भन्दा केहि काम आबश्यकता भन्दा धेरै गरेर चर्चामा रहने अर्घाखाँची जिल्लामा फेरी प्रहरीद्वारा कोरोनाबाट मृत्यु हुनेको शव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण संचालन भएकोछ । एकजनाको आरडिटी परिक्षणमा पोजेटिभ नतिजा आएकै दिन त्यस प्रकारको तालिम संचालन गरिएको हो । ती ब्यक्तिको बुटवल स्थित पिसिआर टेष्टमा नेगेटिभ नतिजा आएपछि अर्घाखाँची अहिले सम्म पूर्ण रुपमा ग्रिन जोनमा छ । 


        तर सोही जिल्लाले   प्रहरीद्वारा कोरोनाबाट मृत्यु हुनेको शव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण  संचालन गरेर फेरी पनि आफूलाई अरु भन्दा फरक नै तुल्याएकोछ । अन्य जिल्लाका पास नमान्ने घोषणा गरेर ,२६ दिन भारतको क्वारेण्टाइनमा बसेर आएकालाई पुन क्वारेण्टाइनमै पठाएर , गाउगाउमा तगारा लगाएर आवागमन रोकेर अर्घाखाँची केहि चर्चामा छ । यस्तै कपिलवस्तुवाट जाने खाद्यान्नविना वाँच्न नसक्ने भएपछि  भित्राउने तर कपिलवस्तुकै तरकारी रोक्ने जस्ता तालमेल विहिन काम गरेर चर्चामा रहेको छ ।  

        यसैबीच अर्घाखाँचीले  जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रहरीको कोभिड(१९) कोरोना महामारीको कार्ययोजना तथा कोभिड(१९) का कारण मृत्यु भएका ब्यक्तिहरूको शव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न गरेर फेरी पनि अनौठो ब्यवहार प्रस्तुत गरेकोछ । तालिम लिनु बेठिक होइन । तर एकजनापनि संक्रमित नभएका ठाउमा यस प्रकारको तालिम औचित्यपूर्ण  हो वा होइन आ आफ्नै तर्क हुन सक्छन् । 

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६