अघाँखाँची १८ बैशाख । अरुले भन्दा केहि काम आबश्यकता भन्दा धेरै गरेर चर्चामा रहने अर्घाखाँची जिल्लामा फेरी प्रहरीद्वारा कोरोनाबाट मृत्यु हुनेको शव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण संचालन भएकोछ । एकजनाको आरडिटी परिक्षणमा पोजेटिभ नतिजा आएकै दिन त्यस प्रकारको तालिम संचालन गरिएको हो । ती ब्यक्तिको बुटवल स्थित पिसिआर टेष्टमा नेगेटिभ नतिजा आएपछि अर्घाखाँची अहिले सम्म पूर्ण रुपमा ग्रिन जोनमा छ ।
तर सोही जिल्लाले प्रहरीद्वारा कोरोनाबाट मृत्यु हुनेको शव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण संचालन गरेर फेरी पनि आफूलाई अरु भन्दा फरक नै तुल्याएकोछ । अन्य जिल्लाका पास नमान्ने घोषणा गरेर ,२६ दिन भारतको क्वारेण्टाइनमा बसेर आएकालाई पुन क्वारेण्टाइनमै पठाएर , गाउगाउमा तगारा लगाएर आवागमन रोकेर अर्घाखाँची केहि चर्चामा छ । यस्तै कपिलवस्तुवाट जाने खाद्यान्नविना वाँच्न नसक्ने भएपछि भित्राउने तर कपिलवस्तुकै तरकारी रोक्ने जस्ता तालमेल विहिन काम गरेर चर्चामा रहेको छ ।
यसैबीच अर्घाखाँचीले जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रहरीको कोभिड(१९) कोरोना महामारीको कार्ययोजना तथा कोभिड(१९) का कारण मृत्यु भएका ब्यक्तिहरूको शव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न गरेर फेरी पनि अनौठो ब्यवहार प्रस्तुत गरेकोछ । तालिम लिनु बेठिक होइन । तर एकजनापनि संक्रमित नभएका ठाउमा यस प्रकारको तालिम औचित्यपूर्ण हो वा होइन आ आफ्नै तर्क हुन सक्छन् ।
प्रतिक्रिया