काठमाडौं, १८ बैशाख । चट्याङ्गबाट एक महिनामा मात्रै देशका विभिन्न स्थानमा अकालमा १४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष चट्याङले ८९ जनाको मृत्यु भएकोमा यो वर्ष एक महिनामै १४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गत एक महिनामा ९८ जना घाइते भएका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार नेपालमा वार्षिक औषत एक सय जनाको चट्याङकै कारण अकालमा मृत्यु हुनेको गरेको छ । मनसुनी वायु सक्रिय भएका वेला चट्याङ बढी मात्रामा खस्ने गर्दछ ।
प्रतिक्रिया