गण्डकी

प्रहरी जवानविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दा , डिएनए परीक्षण गरी दोषीलाई कारबाहीको माग



बागलुङ १८ बैशाख ।  बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन्। बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले सलको पासो लगाएर मङ्गलबार आत्महत्या गरेकी थिईन् । उनले प्रहरीकै नाममा ‘सुसाइड नोट’लेखेकी छन् । बुधबार धौलागिरि अञ्चल अस्पताल बागलुङमा किसानको शव पोस्टमार्टम गरिए पनि उनका आफन्तले शव बुझेका छैनन्। प्रहरीले मुचुल्का सङ्कलन गरेर फर्किएपछि स्थानीय महिलाहरुले कोठाको खोजतलासी गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा सम्बोधन गरिएको सुसाइड नोट फेला परेको भन्दै उनका आफन्तले आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही गर्न माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ।

मृतकको नामबाट लेखिएको सुसाइड नोटमा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राकेश दवाडीसँग आफू प्रेम सम्बन्धमा रहेको र उसको गर्भ रहेपछि जानकारी गराउँदा बेवास्ता गरेकाले आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ। गैरदलित युवासँग विवाह गरेकी उनले आरोपित दवाडीकै कारणले श्रीमान सगं सम्बन्धविच्छेद भएको सुसाइड नोटमा उल्लेख गरेकी थिइन्। सुसाइट नोटमा श्रीमानसग पनि सम्बन्धविच्छेद गरेको र प्रहरी जवानले पनि गर्भ स्वीकार गर्न नमानेपछि यता न उताको भएर आत्महत्याको बाटो रोज्नुपरेको उल्लेख गरिएको छ। उनले नोटमा गर्भको डिएनए परीक्षण गरी दोषीलाई कारबाहीको माग गरेकी थिइन्। छोरीको सुसाइड नोट भेटिएपछि मृतकका बाबा खड्काबहादुर सार्कीले सम्झनालाई मर्न बाध्य बनाएको भन्दै तनहुँ घर भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका हुन्। 

जिल्ला प्रहरी कार्यालयमा प्रहरी जवानकै विरुद्धमा दुरुत्साहन मुद्दा भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । ‘शङ्कास्पद घटना भएका कारण प्रहरीले प्रारम्भिक अनुसन्धान सुरू गरिसकेको थियो,’ प्रहरी प्रमुख भट्टले भन्नुभयो, ‘मृतकका परिवारले सुसाइड नोटसहितको उजुरी लिएर आएपछि दुरुत्साहन मुद्दा दर्ता गरेर गम्भीरताका साथ  अनुसन्धानलाई अगाडि बढाएका छौं।’अपराध गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्छ भन्दै भट्टले प्रहरीले आत्महत्या दुरुत्साहन गरेको भए पनि उम्कन नदिने बताउनुभयो।

स्रोत : सेतोपाटी 

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६