प्रदेश

जिल्लामै पहिलो आकाशेपुल ,अपाङ्गमैत्री बनाउन लिफ्ट जडान गर्ने योजना



रत्नगर १८ बैशाख । कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउनका बीच रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत टाँडीचोकमा आकाशेपुल निर्माण शुरुआत गरेको छ । सो आकाशेपुल जिल्लामै पहिलो पटक बन्न लागेको हो । बढ्दो शहरीकरणसँगै यहाँ दुई स्थानमा यस किसिमका पुल बन्न लागेका हो ।नगरपालिकाका प्रमुख नारायण वन र उपमेयर विमला दुवाडीले  बिहीबार संयुक्त रुपमा सो पुलको शिलान्यास गर्नुभयो । बहुवर्षीय योजनाअनुसार रु दुई करोड ४२ लाख चार हजार लगानीमा निर्माण सम्पन्न हुने नगर प्रमुख वनले जानकारी दिनुभयो । गत फागुन महिनामा सम्झौता गरिएको सो पुलको लकडाउनको मौका छोपेर निर्माण कार्य शुरु गरिएको हो ।

प्रदेश सरकारको रु एक करोड र नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु करोड ४२ लाखको लगानीमा आकाशेपुल निर्माण हुनेछ । सरकारले आन्तरिक जनशक्ति र स्रोतको परिचालन गरी निर्माणको काम गर्न दिने घोषणा गरेपछि नगरपालिकाले आकाशेपुल निर्माण शुरु गरेको हो । नगरपालिकाले पुल निर्माण हुने स्थान वरपर बिजुलीको तार भूमिगत गर्नेछ । त्यसका लागि रु ४० लाख विनियोजन गरिएको छ ।  निर्माणका लागि भरतपुरस्थित हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिले ठेक्का पारेको छ । दुवैतर्फबाट आवतजावत गर्न मिल्ने गरी ४० मिटर लम्बाइ र साढे पाँच मिटर उचाइ रहेको आकाशेपुल निर्माण हुनेछ । यहाँ नेपालमै पहिलो पटक स्टिलका सामग्री प्रयोग गरेर सो पुल निर्माण गर्ने नगरपालिकाका प्रवक्ता राजेन्द्र हमालले जानकारी दिनुभयो । सो पुललाई अपाङ्गमैत्री बनाउन लिफ्ट जडान गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६