स्वास्थ्य

लकडाउनका ३ हप्तापछि कञ्चनको कञ्चनहुने अभियान ,फोहरा सहित अध्यक्ष नै सडकमा



रुपन्देही  १८ वैशाख । रुपन्देहीको कञ्चन गाउँपालिकाले नोबल कोरोना भाईरस (कोभिड १९) को सम्भावित संक्रमणबाट सुरक्षित हुन स्थानियहरुलाई हात धुन सिकाउने (कञ्चन हात वनाउने)  अभियान संचालन गरेको छ ।लकडाउन भएको ४ हप्ता पुगेर ३७ औं दिनमा पुगेपनि कञ्चन गाउँपालिकाले वार्डस्तरमा चेतना बढ्न नसकेको भन्दै हात धुने अभियान थालेको हो । 

     वार्ड नं.४ का विभिन्न टोलहरुमा गई स्थानियहरुलाई लकडाउनका बेला घरमै बसेर सुरक्षित हुन र पोषिलो खानेकुरा खान तथा साबुन पानीले हात धुन सिकाइएको हो । कञ्चन गाउँपालिका वार्ड नं. ४ का वडा अध्यक्ष तथा रुद्रपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दुर्गासिंह क्षेत्रीको नेतृत्वमा संचालित अभियानमा स्वास्थ्य चौकीका इन्चार्ज बिमला पाण्डेले कम्तिमा ३० सेकेण्डसम्म साबुन पानीले हात धुने तरिका सिकाउनुका साथै महामारीको समयमा ब्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो । 

            वार्ड अध्यक्ष दुर्गासिंह क्षेत्रीले लकडाउनका बेला नेपाल सरकार र गाउँपालिकाले अनावश्यक रुपमा घर बाहिर ननिस्कने, आफन्तहरु कहिँ कतैबाट आएमा अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न गाउँपालिकालाई खवर गर्न अनुरोध गर्नुभयो । गाउँपालिकाका अध्यक्ष गोकर्णवहादुर क्षेत्रीले ग्रामिण क्षेत्रका जनतामा अझैपनि साबुन पानीले हात धुनुपर्छ भन्ने चेतनामा कमी भएकोले हात धुने अभियान थालिएको बताउनु भयो ।   

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६