सूचना र प्रविधि

सितगंगामा विद्यार्थी विहिन नतिजा प्रकाशन ,सबै विद्यार्थीको स्वतः भर्ना , सबै शिक्षण सामाग्री निशुल्क



अर्घाखाँची १८ बैशाख  अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिकाका अधिकांस आधारभुत बिद्यालयको नतिजा प्रकाशन भएको छ । सितगंगामा विद्यार्थी विहिन नतिजा प्रकाशन भएको हो भने सबै विद्यार्थीको स्वतः भर्ना हुने वताइएको छ ।  सबै शिक्षण सामाग्री निशुल्क दिने समेत विद्यालयहरुको घोषणा सार्वजनिक हुने क्रम वढेकोछ । कोराना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोकिएको नतिजा प्रकासन कोरोना संक्रमणको ख्याल गर्दै भेला नगरी बिद्यालयले नतिजा प्रकाशन गरेका हुन । 

    बिद्यालयहरुले बिद्याथी भेला तथा अभिभावक भेला नगरि नतिजा प्रकासन गरेका छन बिद्यालयमा अब बिद्यार्थी भर्ना कार्यक्रम समेत सुचारु  हुने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । यस्तै हितगंगा नगरपालिका ६ मा रहेको शिद्धार्थ आधारभुत बिद्यालयले नतिजा प्रकासन सँगै भर्ना अभियान सञ्चालन गरेको छ ।  लकडाउनलाइ मध्यनजर गर्दै भिड नहुने गरि भर्ना सञ्चालन गर्ने तथा एकल एकल रुपमा बिद्यार्थीको घरमा पुगि भर्ना अभियान सञ्चालन गर्ने प्रध्यानध्यापक जिवन शर्माले जानकारी दिनु भयो । यस्तै भर्ना हुने बिद्यार्थीहरुका लागि किताब तथा कपी कलमको समेत ब्यवस्था गर्ने प्रअ शर्माले जानकारी लिनु भयो । 

    शितगंगा नगरपालिकाका सम्पुर्ण बिद्यालयले भर्ना अभियान यो बर्ष परक रुपमा गर्ने ज्योती माबिका प्रध्यानध्यापक शंकर अर्यालले जानकारी दिनु भयो । गत बर्षहरुमा अबिभावक तथा बिद्यार्थी उपस्थित हुनु पर्ने भए पनि यो बर्ष कोरोना भाएरस संक्रमणको डरले लकडाउन रहेकोले अन्य बिद्यालयबाट आउने बाहेक सबै बिद्यार्थीको स्वत भर्ना गरिने छ । 

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६