गण्डकी

बाढीले पाइप बगाउँदा बजारमा खानेपानीको समस्या



बाग्लुङ, २३ बैशाख । बागलुङ बजारमा खानेपानीको पाइप बाढीले बगाएको छ । आइतबार राति बागलुङ नगरपालिका–३ मा रहेको भूँदीखोला मुहानको पाइप बाढीले बगाउँदा बागलुङ बजारका केही क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि बजारमा पानीको समस्या भएको छ ।

         भूँदीखोलामा आएको बाढीले पाइप बगाएपछि नगरपालिका–२ श्रीनगरटोल र वडा नं ४ को उपल्लाचौरमा खानेपानी आपूर्ति बन्द भएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । यहाँका झण्डै एक हजार ५०० धारामा पानी बन्द भएको हो ।   मर्मत कार्य सुरु भएको र अप्ठ्यारो ठाउँमा रहेको पाइप बगाएका कारण मर्मत भएर पानी सञ्चालन हुन केही दिन लाग्ने संस्थाले जनाएको छ । लकडाउनका कारण घरभित्रै रहेका बजारवासीलाई पानीको अभाव हुने भएको छ । 

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६