सूचना र प्रविधि

महिलासंघ क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष बन्धु चन्द रिहा , सर्वाेच्चको आदेशमा कपिलवस्तुवाट छाडियो



कपिलवस्तु २३ बैशाख  अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द (शिला) झन्डै १४ महिनापछि मंगलबार कपिलवस्तुको तौलिहवाबाट रिहा  हुनु भएको छ ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाउनु अघि २०७५ फागुन ११ गते उहाँलाई अछामबाट गिरफ्तार गरेर अहिलेसम्म विभिन्न आधा दर्जन भन्दा बढी जिल्लामा प्रहरीले घुमाइ सकेको थियो ।


    सुरुमा अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके र दाङको जेल हिरासतमा प्रहरीले राखेको थियो । तर उहाँलाई यसरी पटकपटक गिरफ्तार गरि जेल हिरासत राखिरहने कुनैपनि प्रमाण नभेटिएको भन्दै  अदालतले पटक  पटक जिल्ला प्रशासन कार्यालयलाई छोड्ने आदेश दिइराखेको भएपनि माथिको आदेश भन्दै प्रहरीको टोलीले गिरफ्तार गरिरहेको थियो । ३ दिन अघि दाङवाट कपिलवस्तु प्रहरीमा पठाइएकी चन्दलाई मंगलबार सर्वोच्च अदालतको आदेशवाट कपिलवस्तुबाट रिहा गरिएको हो ।


यता कपिलवस्तु प्रशासनले रिहापछि पुन पक्राउ गर्ने विगत भने दोहोराएन । उहा नेत्र विक्रम चन्दको नातेदार समेत हुनु हन्छ । २०५९ सालमा तत्कालिन मओवादीको अवध राज्य इन्चार्ज भएर उच्च राजनैतिक भूमिकामै रहनु भएकी चन्द विप्लव समुहको भूमिगत नेता हुनुहुन्थ्यो । 

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६