प्रदेश

आज फेरि हावाहुरीसहित पानी पर्ने, यस्तो छ तीन दिनको मौषम पूर्वानुमान



कपिलवस्तु, २४ बैशाख । आज फेरि हावाहुरीसहित पानी पर्ने भएको छ ।  आगामी शुक्रबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । महाशाखाका अनुसार अहिले देशभरको मौसममा आंशिक बदली भइरहेको छ । पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले वर्षा जारी रहने महाशाखाको अनुमान छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २४ गते बुधबार

दिउँसोः  देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य  बदली रहनेछ । देशको पहाडी भूभागका केहि स्थानहरूमा  साथै तराईका थोरै  स्थानमा मेघगर्जनरचट्याङ्ग रअसिना र हावाहुरी  सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर आंशिक बदली रहनेछ। पश्चिमी तथा पूर्वी  भूभागका थोरै  स्थानहरुमा  मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

बैशाख २५ गते बिहीबार

दिउँसोः  देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य  बदली रहनेछ ।देशको पहाडी भूभागका केहि स्थानहरूमा  साथै तराईका एक दुई  स्थानमा मेघगर्जन रचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पहाडी भूभागमा सामान्य  बदली भई बाँकि भूभागमा  आंशिक बदली रहनेछ। पहाडी भूभागका थोरै  स्थानहरुमा  मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

 बैशाख २६ गते शुक्रबार

दिउँसोः  मध्य तथा पूर्वी भूभागमा सामान्य  बदली रहि बाँकि भूभागमा आंशिक  बदली रहनेछ। देशको  पुर्वी र मध्य  भूभागका थोरै  स्थानहरूका  साथै पश्चिमी भूभागका १(२ स्थानहरूमा   मेघगर्जन र चट्याङ्गरअसिना र हावाहुरी  सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पहाडी भूभागमा आंशिक बदली भई बाँकि भूभागमा सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको पहाडी भूभागका केहि स्थानहरूमा  साथै तराईका एकदुई  स्थानमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी  सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६