अन्तर्राष्ट्रिय

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४९ हजार तीन सय



काठमाण्डौ २४ बैशाख । भारतमा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ् अनुसार भारतमा सङ्क्रमितको सङ्ख्या ४९ हजार तीन सय ९१ पुगेको छ । कोरोना सङ्क्रमणका कारण भारतमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ९४ पुगेको छ । अहिलेसम्म कोरोना सङ्क्रमित १४ हजार एक सय ८३ जना निको भएका छन् भने ३३ हजार पाँच सय १४ जनाको उपचार भइरहेको छ ।

         यसैबीच असम सरकारले भने लकडाउन थप केही खुकुलो बनाएको छ । उद्योग र आपूर्ति सम्बन्धी संस्था, गोदाम, रेलवे, एजपीजी ग्यास र पेट्रोलियम वितरण सेवाका साथै निर्माण गतिविधिमा काम गर्ने अनुमति दिएको छ । यसका साथै निजी कार्यालयमा पनि काम सुरु गर्न अनुमति दिइएको छ । मल बन्द रहे पनि मलको निजी कार्यालय खोल्ने अनुमति दिइएको छ । असम राज्यको ग्रीन जोन जिल्लामा बिहान ७ बजेदेखि यी सबै गतिविधिमा अनुमति दिइएको छ । तर साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ । 

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६