प्रदेश

ओली र प्रचण्डबीच छलफल जारी, नेकपा स्थायी कमिटी बैठक अनिश्चित



काठमाडौं, २४ बैशाख ।  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच एजेन्डाको विषयमा सहमति नहुँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । बिहीबारदेखि शुरु हुने गरी तय भएको स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बुधबार अपाह्न सचिवालय बैठक बसेको थियो । तर, प्रधानमन्त्री समेत रहेका ओली एक छिन आराम गर्छु भन्दै बैठकको बीचमै उठेर हिँडेपछि स्थायी कमिटीको एजेन्डा तय हुन सकेनन् ।

        अध्यक्ष ओली बीचमै उठेर हिँडेपछि बुधबार बसेको सचिवालय बैठक बिना कुनै निष्कर्ष सकिएको छ ।बैठकमा उपस्थित भएका सचिवालय सदस्ययहरु उठेर हिँडेका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठको एजेन्डा तय गर्न अध्यक्षहरुको गृहकार्य नपुगेको विषय बैठकमा जानकारी गराइएको बताउनुभयो । अध्यक्ष अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी रहेको श्रेष्ठले बताउनुभयो ।

        अध्यक्षद्वयबीच सहमति भए मात्रै स्थायी कमिटी बैठक निश्चित हुने छ । यसअघि शनिबार बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । आजको  सचिवालय बैठकमा विवाद झन बढेपछि स्थायी कमिटी बैठक अश्चित बनेको नेकपा स्रोतले जनाएको छ ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६