काठमाडौं, २४ बैशाख । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच एजेन्डाको विषयमा सहमति नहुँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । बिहीबारदेखि शुरु हुने गरी तय भएको स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बुधबार अपाह्न सचिवालय बैठक बसेको थियो । तर, प्रधानमन्त्री समेत रहेका ओली एक छिन आराम गर्छु भन्दै बैठकको बीचमै उठेर हिँडेपछि स्थायी कमिटीको एजेन्डा तय हुन सकेनन् ।
अध्यक्ष ओली बीचमै उठेर हिँडेपछि बुधबार बसेको सचिवालय बैठक बिना कुनै निष्कर्ष सकिएको छ ।बैठकमा उपस्थित भएका सचिवालय सदस्ययहरु उठेर हिँडेका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठको एजेन्डा तय गर्न अध्यक्षहरुको गृहकार्य नपुगेको विषय बैठकमा जानकारी गराइएको बताउनुभयो । अध्यक्ष अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी रहेको श्रेष्ठले बताउनुभयो ।
अध्यक्षद्वयबीच सहमति भए मात्रै स्थायी कमिटी बैठक निश्चित हुने छ । यसअघि शनिबार बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । आजको सचिवालय बैठकमा विवाद झन बढेपछि स्थायी कमिटी बैठक अश्चित बनेको नेकपा स्रोतले जनाएको छ ।
प्रतिक्रिया