कपिलवस्तु २४ वैशाख । नेकपाका नेता तथा कम्युनिष्ट आन्दोलनका अग्रज अर्घाखाँचीका बुद्धि बहादुर रायमाझीको ६९ वर्षको उमेरमा भएको असामयिक निधनबाट नेकपा कपिलवस्तु स्तब्ध भएको नेकपा कपिलवस्तुद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल तथा जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा जारी विज्ञप्तीमा वामपन्थी नेता, पार्टीका कुशल अग्रज रायमाझीको दुःखद् निधनले आफुहरुलाई निकै दुःखी बनाएको उल्लेख गरिएको छ ।
केहिवर्ष वर्तमान प्रधानमन्त्री केपि ओली संग जेलमा संगै बसेका १३ वर्ष जेल जीवन ब्यतित गर्नु भएका स्व. बुद्धि बहादुर रायमाझिको यही वैशाख २१ गते उपचारको क्रममा काठमाण्डौंमा निधन भएको थियो । जारी विज्ञप्तीमा स्व. रायमाझी प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं भनिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।
प्रतिक्रिया