स्वास्थ्य

सुरक्षाकर्मीको सुरक्षा चिन्ता : लुम्विनी विकास कोषवाट एक/एक हजार थान मास्क



तौलिहवा २४ बैशाख। सुरक्षामा खटिएका सुरक्षाकर्मीले बुद्धजयन्तीको आगमनसंगै मास्क पाएकाछन् । २५६४ औं बुद्धजयन्तीका अवसरमा लुम्बिनी विकास कोषले कपिलवस्तुका सुरक्षाकर्मीलाई एक/एक हजार थान मास्क प्रदान गरेको  कार्यकारीणी सदस्य राजेश ज्ञवालीले प्रेसपाटीलाई जानकारी दिनु भयो । कोरोना भाइरस बिरुद्ध खटिएका सुरक्षाकर्मीलाई प्रयोग गर्नका लागि कपिलवस्तुका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई एक एक हजार मास्क प्रदान गरिएको उहाको भनाइछ । 

कोषका कार्यकारी सदस्य ज्ञवालीले तौलिहवा स्थित जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरिक्षक दीप शमसेर जबरा र सशस्त्र प्रहरी नायब उपरिक्षक भुवन अर्याललाई मास्क र सेनिटाइजर हस्तान्तरण  गर्नु भएको हो ।प्रहरी उपरिक्षक जबराले कपिलवस्तुको सुरक्षाकर्मीलाई समेत मास्क दिएकोमा कोषलाई धन्यबाद दिनु भयो । 

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६