प्रदेश

विश्व शान्तिको कामना गर्दै प्रम ओलीद्वारा दीप प्रज्ज्वलन



काठमाडौं, २५ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ः०० बजे दीप प्रज्ज्वलन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बिहीबार विश्व शान्तिको कामना गर्दै देशभर सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्ज्वलन गर्नुभएको छ । देशभर आज साँझ ७ः०० बजे नै विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ । (रासस)

प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६