कपिलवस्तु, २५ वैशाख । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु मायादेवि गाउपालिकाका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ । भारतको बम्बइमा मजदुरी गरेर आएक दुई जना कोरोना पुष्टि भएको बताइएको हो । ती मजदुर सीमा नाका चाकलचौडाबाट प्रहरीलाई छलेर सीमा प्रवेश गर्न खोजेका थिए । नेपाल प्रवेश गर्न खोजेका दुई मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । दुबै जना ७ दिन अघि लुकीछिपी नेपाल प्रवेश गर्न खोजेका थिए । यो सँगै कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।
यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलका अनुसार उनीहरुलाई आइशोलेशनमा राखेर उपचार गर्ने तयारी भएको छ । बम्वईवाट आएका उनीहरु दुबैजना तीर्थादेवि छत्रपाली पकडीको क्वारेण्टाइनमा बसेका थिए ।
प्रतिक्रिया