ब्रेकिंग न्युज

कपिलवस्तुको मायादेवीका २ जनामा कोरोना पुष्टि , बम्वईवाट आएर क्वारेण्टाइनमा वसेको प्रजिअको भनाई



कपिलवस्तु, २५ वैशाख । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु मायादेवि गाउपालिकाका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य  छ । भारतको बम्बइमा मजदुरी गरेर आएक दुई जना कोरोना पुष्टि भएको बताइएको हो । ती मजदुर सीमा नाका चाकलचौडाबाट प्रहरीलाई छलेर सीमा प्रवेश गर्न खोजेका थिए । नेपाल प्रवेश गर्न खोजेका दुई मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । दुबै जना  ७ दिन अघि लुकीछिपी नेपाल प्रवेश गर्न खोजेका थिए । यो सँगै कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

     यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलका अनुसार उनीहरुलाई आइशोलेशनमा राखेर उपचार गर्ने तयारी भएको छ । बम्वईवाट आएका उनीहरु दुबैजना तीर्थादेवि छत्रपाली पकडीको क्वारेण्टाइनमा बसेका थिए । 

प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६