प्रदेश

आज देशभर बदली, मेघ गर्जनसहित पानी पर्ने सम्भावना, यस्तो छ तीन दिनको मौषम पूर्वानुमान



कपिलवस्तु, २६ बैशाख ।  देशका मध्य र पूर्वका पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराईका केही स्थानमा मेघगर्जन, तथा चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौषमविदले जनाएका छन् ।

तीन दिनको मौसम पूर्वानुमान

 बैशाख २६ गते शुक्रबार

दिउँसोः   देशको पूर्वी भूभागमा सामान्य बदलि र बाँकि भूभागमा आंशिक बदलि रहनेछ ।देशका पूर्वी भूभागका थोरै स्थानहरूमा  साथै मध्य र पश्चिमका एकदुई  स्थानमा मेघगर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

रातीः   देशको पूर्वी भुभागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली भई बाँकि भूभागमा  सामान्यतया सफा रहनेछ। पुर्वी भू(भागका एक दुइ  स्थानमा  मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

बैशाख २७ गते शनिबार

दिउँसोः  देशका पहाडी भूभागमा सामान्य  बदली रहनेछ भने बाँकि भूभागमा आंशिक बदलि रहनेछ। देशका पहाडी भूभागका केहि  स्थानहरुमा र तराइका एक दुइ स्थानमा  मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

रातीः देशका मध्य र पुर्वका भूभागमा सामान्य  बदली भई बाँकि भूभागमा  आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भूभागका एक दुई  स्थानमा  मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

बैशाख २८ गते आइतबार

दिउँसोः  देशभर सामान्य  बदली रहनेछ । पश्चिमि भूभागका केहि  स्थानहरुमा अनि  मध्य र पुर्वका थोरै स्थानहरुमा  मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रहनेछ। मध्यका केहि स्थानकरुमा अनि पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ्ग र असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको पुर्वी  भूभागका थोरै र पश्चिमका एकदुई  स्थानमा  मेघगर्जन र चट्याङ्ग र असिना सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६