लुम्बिनी

बाँकेमा आज कोरोना पुष्टि भएका एक जना सङ्क्रमित जोलाहनपूर्वाकै



बाँके, २६ बैशाख ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित कोरोना सङ्क्रमित जोलाहनपूर्वा टोलमा आज थप एक युवकमा पोजेटिभ देखिएको छ । कोरोना सङ्क्रमण पोजिटिभ देखिएका १६ वर्षीय  वडा नम्बर ८ जोलाहनपूर्वा टोलकै भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । यसअघि सोही ठाउँका २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । नेपालगञ्जमा पहिलोपटक  यही वैशाख १९ गते वडा नम्बर ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । दुई दिनअघि बुधबार सङ्क्रमित क्षेत्र वरपर वडा नम्बर ८ बाट लिइएका १३६ स्वाबको परीक्षणका क्रममा एकमा पोजिटिभ देखिएको हो ।

             श्रेष्ठका अनुसार दुई दिनअघि यही वैशाख २४ गते नेपालगञ्ज  ८ का विभिन्न क्षेत्रमा गरिएको १३० जनाको स्वाबको परीक्षणका क्रममा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । एक सय २९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ६ सहित बिहीवार सङ्कलित ४८ स्वाबको रिपोर्ट आउन बाँकी  छ ।

  एक थपिएसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । यही वैशाख १९ गते शुक्रबार पहिलोपटक नेपालगञ्जका ६० वर्षीयद्धमा कोरोना पुष्टि भएको थियो  । आज भेटिएका कोरोना सङ्क्रमित युवकलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारका लागि पठाइएको श्रेष्ठले जानकारी दिनुभयो । (रासस)

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६