प्रदेश

पश्चिमी भेगमा वर्षा, यस्तो छ तीन दिनको मौषम पूर्वानुमान



काठमाडौं, २८ बैशाख । आगामी तीन दिन मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा  हावाहुरीसहित असीना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।शाखाका अनुसार अहिले मुलुकका पश्चिमी भूभागमा बदली भई हावाहुरीसहित मेघ गर्जनकासाथ पानी परिरहेको छ ।

यस्तो छ तीन दिनको मौषम पूर्वानुमान

बैशाख २८ गते आईतबार

दिउँसोः  देशको पश्चिमी भुभाग लगायत मध्य र पुर्वका पहाडी भू(भागमा सामान्य  बदली रहनेछ भने बाँकि भूभागमा आंशिक बदली  रहनेछ। पश्चिमी भूभागका केही  स्थानहरुमा साथै  मध्य र पुर्वका एक दुई स्थानहरुमा  मेघगर्जनर चट्याङ्गरअसिना र हावाहुरी  सहित  वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पश्चिमी भुभागमा सामान्य बदली रहि वांकी भु(भागमा आंशिक बदली रहनेछ। पश्चिमि भु(भागका थोरै स्थानहरु लगायत मध्य र  पुर्व  १(२ स्थानहरुमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

 बैशाख २९ गते सोमबार

दिउँसोः  देशको अधिकांश भूभागमा सामान्य  बदली रहनेछ। देशको पहाडि भुभागका केही  स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गरअसिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः  देशको अधिकांश भूभागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन  र चट्याङ्ग र असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

बैशाख ३० गते मंगलबार

दिउँसोः  देशको अधिकांश भूभागमा सामान्य  बदली रहनेछ। देशका केही  स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः  देशको पुर्वी भुभाग लगायत मध्य पहाडि भुभागमा सामान्य  बदली र बांकी भुभागमा आंशिक बदली रहनेछ। पूर्वी भूभागका केही स्थानहरु, मध्य भुभागका थोरै स्थानहरु र पश्चिमी भुभागका १–२ स्थानहरुमा  मेघगर्जन र चट्याङ्ग रअसिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६