गण्डकी

चरित्रहत्या गरेको आरोपमा तीन जनापक्राउ



गोरखा ३१, वैशाख । महिलामाथि चरित्रहत्या हुने खालका अपशब्द बोलेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन् । जिल्लाको सिरानचोक गाउँपालिका–१ केराबारी स्थायी घर भएका ६१ वर्षीय महादेव रेग्मी, २३ वर्षीय होमबहादुर रेग्मी र २७ वर्षीय दीपेन्द्र दाहाललाई मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।पक्राउ परेकाहरुले सोही ठाउँकी १९ वर्षीया युवतीलाई यही वैशाख ५ गते सिम्पानी खेतस्थित सार्वजनिक स्थानमा चरित्रहत्या हुने खालका अपशब्द बोली बदनाम गरेको उहाँको भनाइ छ । उनीहरुविरुद्ध सार्वजनिक हितविरुद्धको कसुर ९अभ्रद्र व्यवहार० शीर्षकमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका तीन जनामाथि जिल्ला प्रसासन कार्यालय गोरखबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६