प्रदेश

आज पनि हावाहुरीसहित पानी पर्ने, यस्तो छ तीन दिनको मौषम पूर्वानुमान



काठमाडौं, १ जेष्ठ ।  शनिबारसम्म मुलुकका विभिन्न स्थानमा  हावाहुरीसहित असीना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ १ गते बिहीबार

दिउँसोः  देशको पहाडि भूभागमा सामान्य  बदली र बाँकी भुभागमा आंशिक बदली रहनेछ।अपरान्ह पश्चात पहाडी भूभागका केहि स्थानहरु  मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

रातीः   देशको पूर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वीका एक(दुई स्थानमा  मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

जेठ २ गते शुक्रबार

दिउँसोः  देशको पूर्वी  र मध्य भूभाग लगायत पश्चिमी  पहाडि भू(भागमा सामान्य  बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भू(भागका केही स्थानहरु  तथा पश्चिमी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी  र मध्य भूभागमा सामान्य  बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भूभागका केही स्थानहरु तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ्ग र असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

जेठ ३ गते शनिबार

दिउँसोः  देशको पहाडि भूभागमा सामान्य  बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।पूर्वी र मध्य भू(भागका थोरै स्थानहरु  तथा पश्चिमी भूभागका एक(दुई स्थानमा मेघगर्जन रचट्याङ्गरअसिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी  र मध्य भूभागमा सामान्य  बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भूभागका केही स्थानहरु तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ्ग र असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

            देशका  पूर्वी र पश्चिमी भूभागका थोरै स्थानहरु र  मध्य भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा,  मौसम पूर्वानुमान शाखाले अनुरोध गरेकोे छ।

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६