गण्डकी

जातीय विभेदका तीन आरोपी धरौटीमा रिहा



कास्की १ जेष्ठ । कास्कीमा जातीय विभेद गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन् ।  पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा निर्माण गरिएको सार्वजनिक किरियापुत्री भवन दलितलाई प्रयोग गर्न नदिएको अभियोगमा पक्राउ परेका स्थानीय रामबहादुर जिसी, देवबहादुर थापा र जनक थापा बुधबार जिल्ला अदालत कास्कीको आदेशमा रिहा हुनुभएको हो ।

             जिल्ला न्यायाधीश डण्डपाणि शर्माको इजलासले तीनै जनालाई जनही रु एक लाख ७० हजारका दरले धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको र तोकेको धरौटी बुझाएपछि उहाँहरु रिहा भएको अदालतका श्रेस्तेदार हरिशचन्द्र गौतमले जानकारी दिनुभयो ।सार्वजनिक जग्गामा बनेको भवन प्रयोग गर्न बाटुलेचौरका मोहन सुनारले गत चैत २३ मा भवनको चाबी माग्दा नदिएपछि पीडितले आफूमाथि जातीय विभेदजन्य घटना भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा वैशाख १९ गते जाहेरी दिनुभएको थियो । पीडितको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो ।आफ्ना दाई सम्मरबहादुर सुनारको दुबइमा निधन भएपछि मोहनले पोखरा महानगरपालिकाको समेत लगानीमा बनेको किरियापुत्री भवन प्रयोग गर्न दिन आग्रह गर्नुभएको थियो । 

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६