स्वास्थ्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना संख्या बारे जारी विज्ञप्तिमा गम्भीर त्रुटी



काठमाडौँ १ जेष्ठ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संख्या बारे जारी गर्ने विज्ञप्तिमा गम्भीर त्रुटी देखिएको छ । पुरानो विज्ञप्तिमा आएका उही मानिसको संख्या थपेर नयाँ तथ्यांक देखाइएको छ । प्रदेश २ मा ५ जना ब्यक्ति संक्रमित भएको बैशाख ३० गते नै जारी गरेको विज्ञप्ति फेरि जेठ १ गते जारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारीले बैशाख ३० गते राति १०ः १५ बजे जारी गरेको विज्ञप्तिमा कुल संख्या २१७ पुगेको बताइएको थियो ।  कुल थपिएको नयाँ संख्या २६ मध्ये प्रदेश २ का समेत ५ जनाको नाम राखिएको थियो ।  महोत्तरी जिल्ला निवासी १६ र ३५ बर्षीय पुरुषहरु, धनुषा जिल्ला निवासी २० बर्षीय महिला र ४० बर्षीय पुरुष र सर्लाही निवासी ४५ बर्षीय पुरुष रहेको कुरा उक्त विज्ञप्तिमा उल्लेख छ । 

                                 अहिले फेरि जेठ १ गते बिहान ७ः४५ बजे  सह प्रवक्ता अधिकारीले नै जारी गरेको विज्ञप्तिमा त्यही ५ जनाको ठेगाना राखेर नयाँ संक्रमित भन्दै थपेको छ । उक्त विज्ञप्तिमा नयाँ पुष्टि भएको ५ जनाको संख्या जोडेर कुल संक्रमितको संख्या २५० पुगेको उल्लेख छ । सर्लाही धनकौल निवासी ४० बर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगर निवासी ४० बर्षीय पुरुष र मिथिला नगरपालिका निवासी २० बर्षीय महिला, महोत्तरीको जलेश्वर नगरपालिकाका १६ बर्षीय र बलवा नगरपालिकाका ३५ बर्षीय पुरुष रहेको उल्लेख छ । जेठ १ गते बिहान जारी गरिएको उक्त विज्ञप्तिमा पहिलेकै मानिस दोहोरिएको जस्तो देखिएको कुरा धनुषाका प्रमुख जिल्ला अधिकारी कोश हरी निरौलाले समेत बताएका छन् ।  बैशाख ३० गते राति जारी गरिएको विज्ञप्ति र अहिले बिहान जारी गरिएको विज्ञप्ति उही भएको तथा ती मानिसहरुलाई हिजो नै प्रादेशिक अस्पताल जनकपुरको कोविड बिशेष अस्पतालमा भर्ना समेत गरी सकिएको उनले बताए । विज्ञप्ति सचयाउने बारे मन्त्रालय संग कुरा गर्ने समेत उनले  बताएका छन् । 

                   सह प्रवक्ता अधिकारीलाई पटक पटक फोन गर्दा समेत उनको फोन उठेको  छैन । जनकपुर उपमहानगर निवासी ४० बर्षीय पुरुष भनिएको एक जना पत्रकार, मिथिला नगरपालिकाको वडा नम्बर १० निवासी लालगढका एक जना महिलालाई बैशाख ३१ गते नै अस्पतालमा भर्ना गरिएको छ । त्यसै गरी महोत्तरीका भनिएका २ जनामध्ये जलेश्वरका ३५ बर्षीय मानिस पनि पत्रकारहरुको टोलीमा नै स्वाव संकलन गराएका थिए र उनी पनि जनकपुर बाट नै अस्पतालमा  भर्ना भएका छन । त्यसै गरी महोत्तरीको बलवा नगरपालिका निवासी १६ बर्षीय युवक पनि धनुषाको नगराइन नगरपालिकाको गंगुली स्थित प्रादेशिक क्वारेन्टाइनबाट नै पुष्टि भएर अस्पतालमा भर्ना भएका छन् ।     

लोकान्तरबाट साभार 

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६