कपिलवस्तु १ जेठ ।जिल्लावसीको जीवनरक्षाका लागि जस्तो सुकै ब्यवस्था मिलाउन पनि पछि नपर्ने राष्ट्रिय सभा सदस्य एवम नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरेले वताउनु भएको छ । उहाले कपिलवस्तुमा कोरोना उपचारको अस्पत्ताल वनाउन संघ र प्रदेश सरकार संग उच्च लवि गरिरहेको जानकारी दिदै छिटटै सुखद सन्देश प्रवाह गर्नेगरी तयारी अघि बढेको स्पष्ट पार्नु भएको छ ।
राष्ट्रिय सभा सदस्य घिमिरेले एक प्रेस विज्ञप्ती मार्फत पछिल्लो समय कोभिड १९ को संकरमण एका एक बढेपछि कपिलवस्तुबासीमा निरुत्साहित नहुन आग्रह गर्नु भएको छ । उहाले जिल्लाबासीलाई संयमित रहेर लकडाउनलाई पूर्ण पालना गर्दै आफु पनि बच्न र अरुलाई पनि बचाउन योगदान गर्न अपिल गर्नु भएको छ ।संकटका बेला अग्र भागमा खटिइएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई सहयोग पु¥याउन आग्रह गर्दै सबैको भूमिकाबाट मात्र कोभिड १९ लाई परास्त गर्न सकिने विश्वास प्रकट गर्दछु विज्ञप्तीमा भनिएको छ । उहाले संक्रमित भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
प्रतिक्रिया