स्वास्थ्य

एम्वुलेन्स नपाउदा कृष्णनगर मै रोकिए कोरोना संक्रमित



कृष्णनगर १ जेठ  कपिलवस्तुको कृष्णनगर नगरपालिकाका ४ कोरोना संकृमित एम्वुलेन्स नपाउदा कृष्णनगर मै रोकिएका छन । बुधवार साझ साढे सात वजे पुष्टी भएका ८ जना मध्ये ४ जना २३ घण्टा वित्दा पनि अस्पताल जान पाएका छैनन । समाचार तयार पार्दा सम्म ( साढे ६ वजे) एम्वुलेन्स खोज्ने कार्य चलेको छ । नगरपालिकामा रहेका ३ एम्वुलेन्स विग्रीएको वताईएको छ । वाहिरका एम्वुलेन्सलाई सम्पर्क गरीएको छ ।

    उहाहरुलाई लैजान तयार भएको छैनन कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल कुमार विश्वकर्माले वताउनु भयो । कोरोना संक्रमण भएका ८ जना मध्ये ४ जना सुरक्षा कर्मी रहेका थिए । उनीहरुलाई निजि सवारी साधनलाई आग्रह गरेर तौलिहवा पुराईएको थियो । वाकी २ कृष्णनगरका नागरीक र २ जना कर्मचारी गरी ४ जना एम्वुलेन्स नपाउदा क्वारेनटाईनमा वस्नु परेको छ । उहाहरुलाई अलग्गै कोठामा व्यवस्था गरेको विश्वकर्माले वताउनु भयो । कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहका अनुसार संक्रमितलाई दांग लैजाने तयारी गरीएको छ । तर एम्वुलेन्स पाईएको छैन मेयर शाहले वताउनु भयो । 

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६