काठमाडौं, २ जेठ । केही समयदेखि बेमौषमी वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मध्य तथा पूर्वी भूभागमा मौसममा सामान्य बदली र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जनाएको छ ।
पूर्वी र मध्य भूभागहरु तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।
जेठ २ गते शुक्रबार
दिउँसोः देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली र पश्चिमी पहाडी भुभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी र मध्य भूभागहरु तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भुभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भूभागका तथा मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ ३ गते शनिबार
दिउँसोः देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागमा सामान्य बदली र पश्चिमी पहाडी भूभागहरु सहित मध्य क्षेत्रको तराइ भु(भागहरुमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भूभाग र मध्य पहाडी भूभागका थोरै स्थानहरु तथा पश्चिमी पहाडी भू(भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी भूभाग सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।पूर्वी भू(भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भूभागका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ ४ गते आइतबार
दिउँसोः देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू(भागहरुमा मध्यान्न पछि आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भूभागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भूभागहरुमा अपरान्हपछि एकरदुई स्थानहरुमा मेघगर्जन रचट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी पहाडी भूभागमा सामान्य बदली र पुर्वी तराई तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भूभागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भूभागहरुमा एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग रअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका मध्य र पूर्वी भूभागका थोरै स्थानहरु र पश्चिमी पहाडी भु(भागका एकरदुइ स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया