प्रदेश

अस्पतालको लापर्वाहीले शिशुको ज्यान गएको परिवारको आरोप



बारा २ जेष्ठ । जिल्ला अस्पताल बाराका चिकित्सकको लापर्वाहीका कारण, गर्भको शिशु खेर गएको परिवारले आरोप लगाएको छ ।बाराको सुवर्ण गाउँपालिका ६ की २५ वर्षीया तसिरा खातुनको गर्भमा रहेको शिशु डाक्टरको लापर्वाहीका कारण खेर गएको खातुनका बुवा शेख आसिफले आरोप लगाउनुभएको हो ।बिहीबार बिहान आठ बजे छोरीलाई सुत्केरी गराउन कलैया अस्पतालमा लगे पनि चिकित्सकले समयमै शल्यक्रिया नगर्दा गर्भमै शिशुको ज्यान गएको शेख आरिफको भनाइ छ ।

           सुत्केरी व्यथा लागेकी तसिरालाई बिहान आठ बजे नै कलैया अस्पतालमा पुर्‍याए पनि कलैया अस्पतालका डाक्टर हरिओम केशरीले दिउँसो चार बजेमात्र शल्यक्रिया गरेको र त्यतिबेलासम्म शिशुको ज्यान गइसकेको उहाँले बताउनुभयो ।यसअघि पनि शल्यक्रिया गरेर बच्चा जन्माएकाले यसपटक पनि शल्यक्रिया नै गरिदिन आग्रह गर्दा पनि डाक्टर केशरीले नमानेको परिवारको दाबी छ । शल्यक्रियाका लागि जिल्लाका नेता र प्रमुख जिल्ला अधिकारीलाई गुहारेपछी मात्र डाक्टर केशरीले चार बजे छोरीको शल्यक्रिया गराएको उहाँले बताउनुभयो ।

             तर कलैया अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर बीरेन्द्रकुमार मण्डलले भने डाक्टरको लापर्वाही नभइ पेटभित्रै दिशा खाएका कारण शिशुको ज्यान गएको दाबी गर्नुभयो ।  बिहान १० बजे नै डाक्टर केशरीसहित शल्यक्रिया गर्ने स्वास्थ्यकर्मीको टोलीले कलैया अस्पतालमा उपचार सम्भव नभएकाले अन्यत्र लैजान सुझाव दिए पनि नलगेका कारण शिशुको ज्यान गएको दावी गर्नुभयो ।

                शिशुलाई राख्नुपर्ने एनआईसीयू कक्ष नभएकोले बिरामीलाई  सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएको मण्डलको भनाइ छ ।बिरामीका आफन्तले बिरामीलाई अन्यत्र लैजानुको सट्टा शल्यक्रियाका लागि दबाब सृजना गर्नेतर्फ लागेको धेरै ठाउँबाट दबाब आएपछि शल्यक्रियाको तयारी गर्न समय लागेको र शिशु बाँच्ने सम्भावना न्यून हुँदाहुँदै शल्यक्रिया गर्दा सुत्केरीलाई मात्र बचाउन सकेको मेडिकल सुपरिन्टेन्डेन्ट मण्डलले बताउनुभयो ।घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न आरिफले माग गर्नुभएको छ ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६