प्रदेश

प्रदेश नं २मा स्वाब सङ्कलनको दायरा बढाइयो



जनकपुरधाम २ जेष्ठ । प्रदेश नं २ कोरोना सङ्क्रमितको सङ्ख्यामा  वृद्धि भएपछि स्वाबको नमूना सङ्कलन साथै कन्टयाक्ट टे«सिङको दायरा बढाइएको छ । ती दुवै कार्यमा तीव्रता ल्याउन काठमाडौँबाट विशेष टोली यहाँ आइपुगेपछि  दायरा बढाइएको हो ।गत वैशाख ३० र ३१ गते कोरोना पुष्टि भएका ६० जनाको सम्पर्कमा आएका ३७० जनाको क टे«सिङ गरी स्वाबको नमूना सङ्कलन कार्य भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

       यसका साथै  वीरगञ्जबाट फरार भएका दुई सङ्क्रमितमध्येका ४४ वर्षीय एक व्यक्तिमा मोटरसाइकलमा चढेर धुबिनीगाउँ पुगेको जनाइएको छ ।  सो मोटरसाइकल चालक सहित छ जना आफन्तको पनि स्वाबको  सङ्कलन गरिने भएको छ । अर्को व्यक्ति कसैको सम्पर्क नआएको बताइएको छ । दुवै जनालाई पक्राउ गरी पुनः भर्ना गरिएको छ । 

       राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा बिहीबारदेखि स्वाबको नमूना सङकलन भइरहेको छ । यसका साथै सप्तरीको खड्गपुर, राजगढ र तीलाठी–कोइलाडी गाउँपालिकामा पनि  नमूना सङ्कलन गरिनेछ । सर्लाहीका ४५ वर्षीय सङ्क्रमितको सम्पर्कमा आएका तीन जनाको नमूना लिइसकिएको उहाँले जानकारी गराउनुभयो । धनुषा र महोत्तरीको जोखिम क्षेत्र पहिचान गरी स्वाब सङ्कलन गरिनेछ ।

        सिरहा जिल्लामा भारतबाट लुकीछिपी प्रवेश गर्नेहरुको सङ्ख्यामा वृद्धि भइरहेकाले यसतर्फ  स्थानीय समुदायलाई निगरानी गर्न र प्रवेश गरेका व्यक्तिलाई नजिकको क्वारेन्टाइनमा राख्न  जोड दिइएको छ । प्रदेशमा बिहीबारसम्ममा चार हजार ६०० जनाको स्वाब सङ्कलन गरिएको छ । सोमध्ये तीन हजार ७२९ को रिपोर्ट नेगेटिभ आएको छ भने ७७४ जनाको रिपोर्ट आउन बाँकी छ ।

     वीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ र वीरगञ्जस्थित स्कूलको आइसोलेसनकक्षमा आठ जनाको उपचार भइरहेको  सचिव डा घिमिरेले बताउनुभयो । यस प्रदेशमा हालसम्म ९९ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । पर्सामा सबैभन्दा बढी ८२, रौतहट, बारा र धनुषामा तीन–तीन र महोत्तरी र सर्लाहीमा दुई–दुई कोरोना सङ्क्रमित छन् । अन्य तीन जना भारतीय हुन् । सो सङ्क्रमितमध्ये वीरगञ्जका दुई र जनकपुरका एक गरी तीन सञ्चारकर्मी पनि कोरोनाबाट सङ्क्रमित हुनुभएको जनाइएको छ । 

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६