अर्थ-वाणिज्य

गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल आगामी आर्थिक वर्षमै सञ्चालनमा आउने



काठमाडौं, २ जेठ ।  भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइनेछ । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थल निर्माणको हालको भौतिक प्रगति ९० प्रतिशत हाराहारी छ । जम्मा ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल निर्माणका लागि चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी झण्डै रु सात अर्ब ३२ करोड खर्च हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पनि आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनको पूर्वतयारी गरिनेछ । सन् २०२१ जुलाई महिनाअघिबाटै यो विमानस्थल व्यावसायिक सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

मुलुकमा थप आठ आन्तरिक विमानस्थलका धावनमार्ग कालोपत्र गरिएको छ । हालसम्म आठ विमानस्थलबाट रात्रिकालीन विमान उडान शुरु भएको छ भने आगामी आर्थिक वर्ष थप दुई आन्तरिक विमानस्थलको निर्माण सम्पन्न गरिनेछ । तीन विमानस्थलको धावनमार्ग कालोपत्र गरिनेछ । तेह्रथुमको चुहानडाँडा र काभ्रेपलाञ्चोकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण कार्य अघि बढाइनेछ । 

सम्भाव्य पहाडी र हिमाली क्षेत्रमा अत्याधुनिक सुविधासहितका हिल स्टेशन र पर्यटकीय सेवा सुविधा भएका होटल तथा रिसोर्टका पूर्वाधार विकास गर्न प्रोत्साहित गरिनेछ । पर्यटकीय होटल तथा रिसोर्टसँग अग्रसम्बन्ध विकास गर्ने गरी स्थानीयस्तरमा जैविक कृषि उत्पादनका ठूला फार्म सञ्चालनमा प्रोत्साहित गरिनेछ ।

हवाई उड्डयन क्षेत्रमा नियामक र सेवाप्रदायकका कार्यलाई छुट्टाछुट्टै संस्थापक व्यवस्था गरी कार्यान्वयनमा ल्याइनेछ । त्यस्तै लुम्बिनीमा निर्माणाधीन पाँच हजार व्यक्ति क्षमताको ध्यान केन्द्र तथा सभाहल निर्माण गरी सञ्चालनमा गरिनेछ । लुम्बिनी क्षेत्र विस्तार गर्न बृहत्तर लुम्बिनी अवधारणा कार्यान्वयमा ल्याइनुका साथै रामग्राम गुरुयोजना कार्यान्वयन गरिने जनाइएको छ । तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ । नेपालको भाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको सम्रक्षण र प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । (रासस)

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६