प्रदेश

कोरोना भाइरसबाट निको हुने ३६ पुगे



काठमाडौं, २ जेठ ।  कोभिड–१९ बाट सङ्क्रमित भएकामध्ये आज थप एक जना  निको भएर घर फर्कनुभएको छ । योसँगै निको हुनेको सङ्ख्या ३६ पुगेको हो । २७ दिनअघि कोरोना भाइरस देखा परेपछि कोशी अस्पतालमा उपचार गराइराख्नुभएका उदयपुरका २५ वर्षीय पुरुष आज निको भएर घर जानुभएको हो । 

त्यसैगरी आजदेखि कोभिड–१९ का बारेमा जानकारी दिन अडियोमार्फत समस्या सङ्कलन गरी सम्बोधन शुरु गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले नागरिकको सहजताका लागि यस किसिमको व्यवस्था शुरु गरेको जानकारी गराउनुभयो ।   

सरकारले हालसम्म २३ हजार ९१४ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन ९पिसिआर० विधिबाट कोभिड–१९ को परीक्षण गरेको छ । आरडिटी विधिबाट ६३ हजार ८५ मा नमूना परीक्षण गरेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १५ हजार ६८३ रहेको छ । अहिलेसम्म आइसोलेसनमा २६७ रहेका छन् । प्रप्त तथ्याङ्कअनुसार रेडजोनमा पर्नेको सङ्ख्या ३६३ रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

त्यसैगरी स्वमूल्याङ्न फारम भर्नेको सङ्ख्या ३७ हजार १४७ रहेको बताइएको छ । आज थप नौ जनामा परीक्षण पोजेटिभ देखिएको छ ।  सङ्क्रमित हुनेमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका आठ जना १८ देखि ३६ वर्षसम्मका पुरुष रहेका छन् । हालसम्म २५८ सङ्क्रमित रहेका छन् । जसमध्ये २१० पुरुष र ४८ महिला छन् । कोभिड–१९ को परीक्षण दायरा बढाउने उद्देश्यले बिहीबार सरकारले विभिन्न प्रदेशमा हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान ¥यापिड डाइग्नोष्टिक टेस्ट ९आरडिटी० कीट पनि पठाएको छ ।  (रासस)

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६