स्वास्थ्य

कोरोना संक्रमणले मृत्यु भएमा शव व्यवस्थापन यसरी गरिन्छ, यस्तो छ कार्यविधि



काठमाडौं, ४ जेठ ।  विश्वमै  महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि अछुतो रहेको छैन ।  नेपालमा आइतबार विहानसम्म २८१ जना संक्रमित भएका छन् । कोरोनाका कारण शनिार एक जनाको मृत्यु भएको छ भने अन्य ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

        यदि कोरोनाका कारण कसैको ज्यान गएमा विश्वको जुनसकुै देशमा पनि विशेष सावधानी अपनाएर शव व्यवस्थापन गरिन्छ । नेपालमा पनि शव व्यवस्थापनका लागि  स्वास्थ्य मन्त्रालयले कार्यविधि तयार पारेको छ । शवको सदगतको क्रममा विशेष सावधानी अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयको कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तो छ कार्यविधि

– शव लिन जानुपूर्व शवबाहनका चालक तथा कर्मचारीहरुले पीपीईको प्रयोग गर्नुपर्छ,  मृतकको धार्मिक परम्परा अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरुसमेतलाई सुरक्षित राख्नु पर्नेछ ।

–कोरोनाको कारण मृत्यु भएकाको शव जथाभावी सदगत गर्न हुँदैन ।

– शवलाई कमभन्दा कम चलाउनुपर्छ ।

– शवलाई अस्पताल–घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगद गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई प्रयोग गर्नुपर्दछ ।

– शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ ।

– शवमा लागेका पाइप, केथेटरलगायतका सामग्रीहरु हटाइदिनुपर्छ ।

– शवलाई सफा गर्नु आवश्यक छैन ।

–शव अन्तिम संकार गर्ने स्थलतर्फ लैजान साधारण शवबाहनको प्रयोग गर्न सकिनेछ ।

– शवलाई जति सक्दो चाडो अन्तिम संस्कार गर्ने स्थलमा पु¥याउनुपर्छ ।

–शवको शरीरको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष व्यागको आवश्यकता पर्ने छैन ।

– ६० वर्षभन्दा माथिका व्यक्तिहरु र दीर्घरोगीहरुलाई शवको नजिक जानबाट पाउने छैनन । 

– सदगत गर्नुपूर्व आफ्नो कुल परम्पराअनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलापहरु गर्न सकिनेछ ।

– मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक एक जनालाई पालैपालो गरी हेर्न सक्नेछन् ।

– कोरोनाले मृत्यु भएको व्यक्तिको  पोस्टमार्टम गर्नु पर्दैन । यदि गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुन सक्ने हुनाले होसियारी अपनाउनुपर्छ ।

– यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्युन स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्नु पर्दछ ।

– कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाईको व्यवस्था गर्नु पर्दछ ।

– स्वास्थ्य सामग्रीहरुको सावधानीपूर्वक डिस्पोज गर्नुपर्दछ ।

– पोष्टमार्टम सकिने वित्तिकै प्रयोग गरेका सामग्रीहरु राम्रोसँग सफा गर्नुपर्दछ ।

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६