स्वास्थ्य

कोभिड विरुद्ध २ सस्थाको २ पालिका केन्द्रित अभियान ,स्वास्थ्य सामाग्री हस्तान्तरण



 कपिलवस्तु ४ जेठ  कपिलवस्तु जिल्लामा कोरोनाको सङ्क्रमण दर बढिरहेका बेला कोरोना विरुद्धको अभियानलाई बलियो बनाउन स्वास्थ्य सामाग्री उपलव्ध गराईएको छ । काठमाण्डौ महानगरपालीका वडा नं २९ सगरमाथा टोलमा रहेको जागृती वाल तथा युवा सरोकार नेपाल र कपिलवस्तुको वाणगंगा नगरपालीका वडा नं ४ को गैरसरकारी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रले यशोधरा र विजयनगर गाँउपालीकालाई स्वास्थ्य समाग्री सहयोग उपलव्ध गराएका हुन् ।

Image may contain: one or more people, people standing, plant, tree, flower, house and outdoor

दुवै संस्थाको सहकार्य तथा समन्व्यमा गाँउपालीकालाई पिपिई सेट, स्यानेटाईजर, ग्लव्स, माक्स, ज्वरो नाप्ने थर्मोमिटर लगाएतका करिव ६ लाख मुल्य वरावरको स्वास्थ्य समाग्री सहयोग उपलव्ध गराएको हो । कोरोना भाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मी, कर्मचारीलाई प्रयोजनार्थ जागृत संस्थाको सहयोग तथा स्थानीय संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्य तथा समन्व्यमा सामग्री प्रदान गरेको हो । 

 

सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष पोमनारायाण पौडेलले जिल्लामा भाईरस रोकको संक्रमण दर वढिरहेको समयमा अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैससलाई नियमित पहल गरिरहेको वताउनु भएको छ । यसैक्रममा संस्थाको तर्फवाट आफुले पहल गरेर अन्तराष्ट्रिय गैर सरकारी संस्था क्यानलान, स्वीजरल्याण्ड को सहयोगमा जागृती मार्फत संयोजन गरि समाग्री उपलव्ध गराईएको पुर्व अध्यक्ष पौडेलले वताउनु भयो । 

Image may contain: outdoor

विहिवार जागृती संस्थाका प्रतिनिधि, सिद्धार्थका अध्यक्ष तेज प्रसाद आचार्य, सचिव रोमकान्त घिमिरे, कार्य समिति सदस्यले गाँउपालीकाका प्रतिनिधिलाई समाग्री हस्तान्तरण गर्नु भएको हो । 

Image may contain: plant and outdoor

कपिलवस्तु जिल्लामा सिद्धार्थ सामाजिक विकास केन्द्रले यसअघि सवै स्थानीयतह संग सहकार्य तथा समन्वय गरि विभिन्न राहत मुलक संगै स्वास्थ्य समाग्री सहयोग गर्दै आएको छ । विपन्न समुदायका लागि राहत समाग्री, क्वारेन्टाईनमा रहेका महिलाहरुको लागि मर्यादा किट, नगरपालीका र गाँउपालीकालाई स्वास्थ्य समाग्री तथा समुदाय तहमा सचेतनमुलक तथा जानकारी मुलक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । 

Image may contain: 1 person, standing, tree and outdoor

साथै जिल्ला भन्दा वाहिर रहेका जागृती लगाएत स्थानीय संघ संस्था संग सहकार्य गरि समुदाय स्तरमा सहयोगका काम गरिरहेको संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले वताउनु भयो । यस्तै सरकारले लकडाउन गरेपछि पहिलो नागरिक संघ संगठनको तर्फवाट विभिन्न अन्तराष्ट्रिय गैसस संग सहकार्य गरि राहतमुलक कार्यक्रम संगै कोरोना रोकथाम र नियन्त्रणका लागि कार्यसमेत संस्थाले गरेको तथा संजाल निर्माण गरि कामलाई अघि वढाएको संस्थाका पुर्व अध्यक्ष पोमनारायण पौडेलले वताउनु भयो । 

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६