सूचना र प्रविधि

निरीक्षणका लागि छाउनी जाँदै प्रधानमन्त्री



काठमाडौं ७ जेष्ठ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसी अप्स मा पुगेर कोरोना संक्रमणको अवस्थाबारे जानकारी लिँदैहुनुहुन्छ । छाउनीस्थित सेन्टरको कार्यालयमा पुगेर ओलीले अपरेशनका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंसहित नेपाली सेनाका वरिष्ठ सैन्य अधिकृतबाट ब्रिफिङ लिँदैँ हुनुहुन्छ।कोभिड १९ भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सीसीएमसी अप्सको स्थापना गरिएको थियो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले प्रधानमन्त्री ओली छाउनीमा आउन लागेको पुष्टि गर्नुभयो । अप्सले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङदेखि औषधि खरिदसम्मका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६