जीवनशैली

न आइशोलेशन न चिकित्सक : विद्यालयको एक कोठामा थन्काइए कोरोना संक्रमित



कपिलवस्तु ८ जेठ । कपिलवस्तुको महाराजगंज नगरपालिकाका कोरोना संक्रमित ४ बालबालिका सहित ८ जनाको विचल्ली भएको छ । उनीहरुले थप उपचारका लागी अस्पताल नपुराउदा समस्या भोग्नु परेको छ । महाराजगंज नगरपालिका वडा न ९ का ८ जना कोडिभ १९ भएका अझै क्वारेन्टाईनमै रहेका छन । उनीहरुलाइ एक कोठामा अलग्याई राखिएको छ । जहा ४ जना वालवालिका समेत रहेका छन । उनीहरु  तेनुवागाउको एक मदरसामा वसेका छन । 

        ति वालवालिका मध्ये २ जनाको आमा संक्रमित रहेका छन । दुई वालिकाका आमा संगै छन । २ जना वाल वालिकाका अभिभावक संक्रमित छैनन । उनीहरुलाई धेरै समस्या परेको छ । उनीहरुको हेरविचारमा गर्न गारो भएको छ । कोठा भित्र छन वाहिर निस्किन पाउदैनन । उनीहरुले राम्रो संग खाना र वस्न समेत पाएका छैनन । खाना आफ्ना घरका मानिसले ल्याउछन । नियमित स्वास्थ्य अवस्था वुझ्न स्वास्थ्य कर्मि समेत छैनन । सुरक्षाकर्मी वेलावेला आउछन । 


कोरोना संक्रमित भएका र क्वारेन्टाईनमा वस्ने एउटै चापाकलको पानी खानु पर्छ । उनीहरुलाई मास्क सेनिटाईजर , सावुन पानी केहीको पनी व्यवस्थापन भएको छैन । उनीहरु घरको मानिसले खाना पुराएका छन । जस्ले कोरोना संक्रमण समुदायमा फैलिन सक्ने देखिएको छ । नगरपालिकाका जनप्रतिनिधीहरु अवस्था वुझ्न पनी पुगेका छैनन् । सरोकारवालाले चासो दिएका छैनन् स्थानिय वताउछन । अहिले स्थानिय समुदाय कुरेर वसेका छन ।

        प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पाण्डेका अनुसार संक्रमित सवैलाई अलग राख्ने तयारी गरीएको छ । आईसेलेसन वनाएर उनीहरुको व्यवस्थापन गरीने छ । नगरपालिकाले यसको तयारी अगाडी वढाएको छ । आईसोलेसन भन्नाले विरामीलाई अलग राखीने हो प्रजिअ पौडेलले वताउनु भयो ।   प्रमुख जिल्ला अधिकारीले लक्षण देखिए अस्पताल पठाउने र लक्षण नदेखिए सम्म स्थानिय तहमै  व्यवस्थापन गर्ने वताए पछी व्यवस्थापनका लागी महाराजगंज वजारमा रहेको जानकी मावीमा तयारी गरिएको थियो  । अहिले जानकी माविमा १ जना कोरोना संक्रमित ल्याईएको छ । वाकिं ८ जना क्वारेन्टाईनमै रहेका छन । भोली सम्म आईसोलेसन वार्ड तयार गरी ल्याउने महाराजगंज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राधेश्याम कलवारले वताउनु भयो ।  

        वजार क्षेत्रवाट नजिक रहेको विद्यालयमा संक्रमित राख्न लागेपछी स्थानियले विरोध गरेका थिए । प्रहरीले पोष्ट राखी सुरक्षा दिने भएपछी अर्को व्यवस्था नहुदा सम्म संक्रमित राख्न स्थानिय तयार भएका थिए । कोरोना संक्रमितहरु मुम्वईको एक कवाड संकलन केन्द्रमा काम गर्ने गरेको स्थानियले वताए । यता महाराजगंजको क्वारेन्टाईनको सुरक्षा व्यवस्था फितलो वन्दा क्वारेन्टाईनमा वसेकाहरु रातको समयमा वाहिर निस्किने गरेको पाईएको छ । रातको समयमा निस्किएर रिचार्ज माग्न आउने गाउ डुल्ने समेत गरेको त्यहाका एक व्यापारीले वताए ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६