गण्डकी

बाग्लुङमा किन बढे आत्महत्याका घटना



बाग्लुङ, ८ जेठ । चौतर्फी कोरोना सन्त्रासबीच बागलुङमा नौ जनाले आत्महत्या गरेका छन् । लकडाउन शुरु भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा २१ वटा मुद्दा परेका छन् । आत्महत्या, आत्महत्या दुरुत्साहन, अभद्र व्यवहारलगायतका घटना यो अवधिमा भएका पाइएको छ । 

सबैभन्दा धेरै झुण्डिएर आत्महत्या गरेको पाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्लामा करिब दुई महिनाको अवधिमा आठ झुण्डिएर आत्महत्या गरेको मुद्दा छन् । यसबाहेक विषादी सेवन गरी आत्महत्या एक र आत्महत्या दुरुत्साहनको एक मुद्दा छ । 

लकडाउनकै अवधिमा जिल्लामा चार अभद्र व्यवहारका घटनाका मुद्दा परेका छन् । यो समयमा चोरीको एउटा मात्र घटना भएको छ । नागरिक अगुवा अधिकारकर्मी राम शर्माले सामाजिक असुरक्षाका कारणले गर्दा अझै पनि मानिसले आत्महत्याको बाटो अँगाल्ने गरेको बताउनुभयो । 

प्रायजसो आत्महत्या गर्ने नागरिक अभाव र कुनै घटनाले गर्दा आत्महत्या गर्ने गरेका भन्दै अवैध सम्बन्ध, सम्बन्ध बिच्छेद पनि आत्महत्याका मुख्य कारण भएका हुनसक्ने प्रहरीको बुझाइ छ । यस्ता खालका सामाजिक आपराधिक घटना न्यूनीकरण गर्नका निम्ति जनचेतना अझै पनि आवश्यक रहेको प्रहरी निरीक्षक केसी बताउनुहुन्छ । (रासस)

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६