स्वास्थ्य

कोरोना संक्रमित चितवनका वृद्ध दम्पती भारतबाट आएका थिए



 चितवन ९ जेष्ठ। भारतबाट आएका तीन जनालाई चितवनमा गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको छ । तीन जनामध्ये दुइ जना चितवनका हुन् भने एक जना नवलपरासीका हुन् । भरतपुर महानगरपालिका वडा नं. ६ केशरवागका दुई वृद्ध दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनीहरु चितवनबाट भारत गई क्यान्सरको उपचार गराएर जेठ १ गते फर्किएका थिए । कोरोना संक्रमण भएका पुरुष ७४ बर्षका छन् भने महिला ७३ वर्षकी छन् । उनीहरुसँगै भारत गएका छोरामा भने कोरोना संक्रमण देखिएको छैन ।उनीहरु दुई साता अघि भारतबाट आएको खुलेको छ ।

             उनीहरुलाई भरतपुर कोरोना अस्पतालमा राखिएको छ । उनीहरुको अवस्था उमेर अनुसार सामान्य नै रहेको अस्पतालले जनाएको छ ।यस्तैं नबलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नं. ६ का एक ४३ बर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनको अवस्था पनि सामान्य छ । उनी भारतबाट नेपाल आएका थिए ।भरतपुर कोरोना प्रयोगशालामा बिहीबार गरिएको १३१ परीक्षणमध्ये तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा अहिलेसम्म गरिएका परीक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको छ । यी मध्ये चार जना चितवनका हुन् भने दुई जना नवलपरासीका हुन् ।चितवनमा संक्रमित दुई आमा छोरा निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६