कपिलवस्तु
कपिलवस्तुका १० स्थानिय सरकारमा १ जना डाक्टर र २ नर्स रहने गरी आईसोलेशन सेन्टर संचालन गर्ने योजना भएको छ । जिल्ला प्रसाशन कार्यालयमा आज वसेको वैठकले कोरोना संक्रमितका नियमित चेकजाचका लागी नेपाल सरकार संग माग गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सवै सुरक्षा प्रमुख विच वसेको वैठकले १० डाक्टर र २० जना नर्सको माग गरेको छ । यसै गरी जिल्ला भित्र रहेका अती आबश्यक वस्तु उत्पादन गर्ने र निमार्ण सामाग्री उत्पादन गर्ने उद्याग सर्तमा रहेर संचालन गर्ने निर्णय समेत गरेको छ । श्रमिकलाई आवास र खानाको व्यावस्था उद्योगमा हुने गरी न्युनतम भौतिक दुरी कायम गरी नियमित स्वास्थ्य जाच हुने गरी उद्योग संचालन गर्न सकिने वताईएको छ ।
यसै गरी वुद्धभुमी नगरपालिकाले कम्तीमा ५० वेडको आईसोलेसन वार्ड संचालन गर्ने तयारी गरेको छ । सुगरवरवामा निमार्ण धिन रहेको सिमेन्ट उद्योगमा संचालनका लागी पहल भएको नगर प्रमुख केशव कुमार श्रेष्ठले वताउनु भयो ।
१० जेष्ठ २०७७, शनिबार
प्रतिक्रिया