स्वास्थ्य

नेपाल कै पहिलो संक्रमित नर्सको बिदाई,कार्यथलोवाटै कोरोना परास्त ,प्रदेशमा नयाँ उदाहरण



कपिलवस्तु १२ जेठ  कपिलवस्तु जिल्ला अस्पताल तौलिहवाले नेपालकै पहिलो संक्रमित नर्सलाई १४ दिनको आइशोलेशन वार्ड बसाईवाट आज विदाई  गरेको छ । त्यहा कार्यरत कोरोना संक्रमित स्टाफ नर्सले कोरोना संगको लडाईमा १४ दिनमा विजेता वनपछि अस्पत्तालले बिदाई गरेको हो ।

        कपिलवस्तु नगरपालिका तौलिहवाका स्थायी वासिन्दा समेत रहेका नर्स आफ्नै कर्मथलो तौलिहवा अस्पत्तालमा १४ दिन बसेर कोरोनालाई जित्न सफल भएको मे.सु. किशोर बन्जाडेले जानकारी दिनु भयो । बन्जाडेका अनुसार उहा नेपालको पहिलो कोरोना संक्रमित नर्स हुनु हुन्छ । उहालाई अस्पतालकै आईसोलेसन वार्डमा राखि उपचार गरीएको थियो । अस्पत्तालमा राख्दा धेरै मानिसहरु त्रसित बनेको भएपनि उहालाई कुशलतापूर्वक निको पारेर र अरु कसैलाई पोजेटिभ हुन नदिएर अस्पत्तालले उच्च संकटलाई टारेको डा. बन्जाडेको भनाइ छ । डा. बन्जाडेले आफूले तौलिहवा अस्पत्तालमै राखेर निको पारेको उदाहरण पछि प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले हरेक अस्पत्ताललाई आइशोलेशन वनाउन निर्देशन दिएको वताउदै नयाँ प्रयोग गरियो यो त प्रदेशकै लागि उदाहरणीय बनेछ भन्नु भयो । 

        जेष्ठ १ र ४ गते लिएको स्वावको पि सि आर जाचको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरीएको हो । उहालाई अहिले होम क्वारेन्टाईनमा वस्ने सल्लाह दिई घर पठाईएको छ । एक हप्तापछि उहा काममा फर्किनु हुनेछ । कपिलवस्तु जिल्ला अस्पताका मे.सु डा किशोर वन्जाडेले वताउनु भयो । उहा संग सम्पर्क आएका सवैको पि सि आर रिपोर्ट नेगेटिभ आएको थियो । उहाको वैसाख २७ गते स्वाव संकलन गरीएको थियो । वैसाख ३० गते  कोरोना भएको पुष्टी भएको थियो । 

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६