स्वास्थ्य

चार महिने शिशु सहित एकै परिवारका १८ जनाले जिते कोरोना



वीरगञ्ज, १२ जेठ । नेपालमा कोरोना भाइरस संक्रमित हुने मात्र नभई यसलाई जित्नेहरुको संख्या पनि बढ्दै गएको छ ।हिजो आइतबार राति वीरगञ्जस्थित नारायणी अस्पतालबाट चार महिने शिशुसहित एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदन कुमार उपाध्यायले जानकारी दिएका छन् ।डिस्चार्ज हुनेमा चार महिने शिशुदेखि ६२ वर्षकी वृद्ध महिलासम्म रहेको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेमा सात महिला र ११ पुरुष रहेको अस्प्तालका फिजिसियन डा। उदयनारायण सिंहले जनाए ।

              उनीहरु वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वासिन्दा हुन् । आइतबार राति करिब ११ बजे उनीहरुलाई डिस्चार्ज गरिएको थियो ।गत वैशाख २१ मा उक्त परिवारका ३७ वर्षीय पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएपछि सम्पूर्ण परिवारको स्वाब संकलन गरिएको थियो । ती पुरुष वडा नम्बर ३ को राहत वितरण समितिमा नेकपाबाट प्रतिनिधि समेत थिए ।गत वैशाख २४ मा ती पुरुषको आमा, बुबा, दाइ, भाउजू, छोरा, भतिजासहित परिवारका १७ जनाको स्वाब परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको थियो । परिवारका सबैलाई नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।चिकित्सकका अनुसार उनीहरु कसैमा पनि कोरोनाको लक्षण देखिएको थिएन ।

                     शनिबार मात्र नारायणी अस्पतालको आइसोलेसन वार्डबाट पर्सा, बारा र रौतहटका ९ जना कोभिड १९ का बिरामी निको भएर डिस्चार्ज भएका थिए ।नारायणी अस्पतालको आइसोलेसन र अस्थायी कोरोना अस्पताल गरि वीरगन्जमा अझै ७२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । पर्सा निवासी एक संक्रमितको बाराको कलैयामा उपचार भइरहेको छ ।योसँगै पर्सामा मात्रै कोरोनालाई जित्नेहरुको संख्या २५ पुगेको छ भने देशभर निको हुनेको संख्या १०५ पुगेको छ । हालसम्म नेपालमा ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके, सिन्धुपाल्चोक र गुल्मीका एकरएक गरी हालसम्म तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६