मधेश

शव आफन्तलाई बुझाउने नेशनल अस्पताल सिल, कारबाहीको दायरमा ल्याइने


१२ जेष्ठ २०७७, सोमबार


विरगंज, १२ जेठ ।  कोरोना भाइरस परीक्षणको रिपोर्ट नआउँदै शव आफन्तलाई बुझाउने वीरगन्जको नेशनल मेडिकल कलेज सिल गरिएको छ । मृतकको रिपोर्ट कोरोना पोजेटिभ आएको पुष्टि हुनासाथ बाहिरी मानिसको आवतजावत न्यून गरी शिल गरिएको हो। मृतकलाई उपचार गरिएको अस्पतालको वार्डमा शिल गर्ने धेरै मानिसको मोमेन्ट हुन नदिने र स्वास्थ्यकर्मीहरुको वारेमा बुझ्ने कामहरु भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो । 

             परीक्षणको रिपोर्ट नआई शव आफन्तलाई जिम्मा लगाउने मेडिकल कलेजलाई कारबाही गर्ने निर्णय भएको छ ।  स्वास्थ्य परीक्षणका लागि रिपोर्ट नआउँदै गएको जेठ ४ गते शव आफन्तलाई जिम्मा लगाउने मेडिकल कलेजलाई कार्वाही गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।  कारबाहीका लागि गृह मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रलयमा सिफारिस गर्ने निर्णय भएको छ ।

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे