ब्रेकिंग न्युज

आईशोलेशन बिरामीको प्रतिक्षामा ,चिकित्सक सिसी टिभीको पखाईमा



कपिलवस्तु १३ जेठ ।कपिलवस्तुको बाणगंगन नगरपालिकामा केहि  समय सम्म आइशोलेशन बन्न नसकेकोमा यतिबेला २ वटा आइशोलेशन बनेका छन् । यतिबेला सम्म एकजना पनि विरामी ती आइशोलेशनमा नरहेकाले संभावित विरामीको प्रतिक्षामा छन् । बाणगंगाका उपमेयर चक्रपाणी अर्यालका अनुसार शिद्धार्थ क्याम्पसमा सोमवार साझ ३५ बेडको आइशोलेशन तयार भएको छ । कोपवाको स्वास्थ्य चौकी र कृषि शाखामा १५ बेडको आइशोलेशन आज साझ सम्म सबै हिसावले विरामी राख्न सक्ने गरी तयार हुदैछ । 

            उपमेयर अर्यालले प्रेसपाटीसंग भन्नु भयो आइशोलेशन हेर्ने चिकित्सकले सिसी टिभी जडान हुनुपर्छ भन्नु भएको छ । सिसी टिभी जडान गर्दा विरामी र चिकित्सक दुबैकालागि सहज हुन्छ भने जोड्न तयार छौं भनेका छौं  । कोरोना विपदमा यतिधेरै खर्च भयो भने २ ÷३ वटा आइशोलेनका लागि चाहिने सिसी टिभी जोड्न किन डराउने ? भन्दै एक दुई दिनमै यो काम सम्पन्न हुने उहाले प्रष्टयाउनु भयो । 

         अहिले सम्म कपिलवस्तुमा कुनैपनि पालिकाले बनाएका आइशोलेशनमा सिसी टिभी जडान गरिएको छैन । बुटवलको कोरोना अस्पत्तालमा सीसि टिभी जडान गरिएको छ । अन्य ठाउमा कहा छ छैन एकिन विवरण छैन । तर बाणगंगाको आइशोलेशनमा भने सिसी टिभी जडान हुने भएको छ । 

         यस्तो बेलामा बाणगंगाले कपिलवस्तुकै लागि नयाँ उदाहरण प्रस्तुत गर्न खोजेको छ । सीसी क्यामरा जडान भएमा चिकित्सकहरुले इन्टरनेटका माध्यमले विरामीको अवस्था २४ औं घण्टा जुनसुकै ठाउमा रहेपनि बुझन पाउछन् । कुनै विरामी छटपटाए र केहि भन्न खोजे भने चिकित्सकले तत्काल आवश्यक ब्यवस्था मिलाउन सक्छन् ।यसवाट त्यो आइशोलेशन हेर्ने चिकित्सकको काम धेरै सहज हुन्छ । 

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६