कपिलवस्तु १३ जेठ ।कपिलवस्तुको बाणगंगन नगरपालिकामा केहि समय सम्म आइशोलेशन बन्न नसकेकोमा यतिबेला २ वटा आइशोलेशन बनेका छन् । यतिबेला सम्म एकजना पनि विरामी ती आइशोलेशनमा नरहेकाले संभावित विरामीको प्रतिक्षामा छन् । बाणगंगाका उपमेयर चक्रपाणी अर्यालका अनुसार शिद्धार्थ क्याम्पसमा सोमवार साझ ३५ बेडको आइशोलेशन तयार भएको छ । कोपवाको स्वास्थ्य चौकी र कृषि शाखामा १५ बेडको आइशोलेशन आज साझ सम्म सबै हिसावले विरामी राख्न सक्ने गरी तयार हुदैछ ।
उपमेयर अर्यालले प्रेसपाटीसंग भन्नु भयो आइशोलेशन हेर्ने चिकित्सकले सिसी टिभी जडान हुनुपर्छ भन्नु भएको छ । सिसी टिभी जडान गर्दा विरामी र चिकित्सक दुबैकालागि सहज हुन्छ भने जोड्न तयार छौं भनेका छौं । कोरोना विपदमा यतिधेरै खर्च भयो भने २ ÷३ वटा आइशोलेनका लागि चाहिने सिसी टिभी जोड्न किन डराउने ? भन्दै एक दुई दिनमै यो काम सम्पन्न हुने उहाले प्रष्टयाउनु भयो ।
अहिले सम्म कपिलवस्तुमा कुनैपनि पालिकाले बनाएका आइशोलेशनमा सिसी टिभी जडान गरिएको छैन । बुटवलको कोरोना अस्पत्तालमा सीसि टिभी जडान गरिएको छ । अन्य ठाउमा कहा छ छैन एकिन विवरण छैन । तर बाणगंगाको आइशोलेशनमा भने सिसी टिभी जडान हुने भएको छ ।
यस्तो बेलामा बाणगंगाले कपिलवस्तुकै लागि नयाँ उदाहरण प्रस्तुत गर्न खोजेको छ । सीसी क्यामरा जडान भएमा चिकित्सकहरुले इन्टरनेटका माध्यमले विरामीको अवस्था २४ औं घण्टा जुनसुकै ठाउमा रहेपनि बुझन पाउछन् । कुनै विरामी छटपटाए र केहि भन्न खोजे भने चिकित्सकले तत्काल आवश्यक ब्यवस्था मिलाउन सक्छन् ।यसवाट त्यो आइशोलेशन हेर्ने चिकित्सकको काम धेरै सहज हुन्छ ।
प्रतिक्रिया