कोशी

मानसिक तनाबबाट मुक्त बनाउन क्वारेन्टिनमा योगाभ्यास



झापा, १४ जेठ ।  झापाको कनकाई नगरमा क्वारेन्टिनमा बसेका मानिसलाई नियमति योगाभ्यास गराउन थालिएको छ । नगरको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा रहेको क्वारेन्टिनमा बस्दै आएका ५६ जनालाई क्वारेन्टिन परिसरमै सामाजिक दूरी कायम राख्दै बिहान ६ बजेदेखि पहिलो चरणमा योगाभ्यास सञ्चालन गरिएको हो । 

             कोरोनाको कहरसँगै लकडाउन थप हुँदै गएको वर्तमान अवस्थामा उत्पन्न विभिन्न किसिमका मानसिक तनाबबाट अलग रहनसमेत सहयोग पुग्ने विश्वासका साथ योगाभ्यास सञ्चालन गरिएको बताइएको छ । पतञ्जली योग नगर समिति कनकाईले योगाभ्यासको सहजीकरण गरेको समितिका नगर अध्यक्ष टीकाप्रसाद जमरकट्टेलले बताउनुभयो । अभ्यासका क्रममा स्वस्थ खानपान, योग व्यायाम, प्रणायमका साथै स्वास्थ्य सुरक्षा सामग्रीको उचित प्रयोगका बारेमा जानकारी दिइने छ । 

        क्वारेन्टिनमा बस्दै आएका मानिसको रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुको आत्माबल बढाउनका लागि योगाभ्यासको भूमिका महत्वपूर्ण हुने विश्वास लिइएको छ । भारतले लकडाउन खुकुलो पारेसँगै झापाका सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका नेपालीको क्वारेन्टिन बसाइलाई सहज बनाउने उद्देश्यले योगाभ्यास सञ्चालन गरिएको कनकाई नगरपालिकाकी उपप्रमुख एवं नगरस्तरीय कोरोना सङ्क्रमण रोकथाम तथा विपद् व्यवस्थापन समिति संयोजक मञ्जु प्रसाईंले बताउनुभयो । 

        रोजगारीको सिलसिलामा भारतको विभिन्न ठाउँमा रहेका नेपाली स्वदेश फर्कने क्रम बढेपछि कनकाई नगरका क्वारेन्टिनमा केही निश्चित समयसम्मका लागि राखिएका नगरवासीलाई योगाभ्यास गराउन थालिएको नगर उपप्रमुख प्रसाईँले जानकारी दिनुभयो । उपप्रमुख प्रसाईँले योगाभ्यास सञ्चालन भइरहेको क्वारेन्टिन परिसरमै गएर योगाभ्यासमा सहभागी भई क्वारेन्टिनवासीलाई हौसला प्रदान गर्नुभएको थियो । (रासस)

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६