प्रदेश

दुई दर्जन सङ्घसंस्थाद्वारा रुकुम घटनाप्रति भत्र्सना



काठमाडौं, १६ जेठ । युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत करिब २ दर्जन सङ्घसंस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन् ।

         ती २२ सङ्घसंस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सोतीका वडाअध्यक्षसहितले मृतक नवराज विकको प्रेमिकाको परिवार तथा गाउँलेसहितको संलग्नतामा घटेको भनिएको घटनामा नवराज विकसहित पाँचको मृत्यु भएको र एक अझै पनि बेपत्ता रहेको मानवताविरोधी अपराधजन्य घटनाप्रति हामी घोर निन्दा र भत्र्सना गर्दछौँ ।”

        शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा एक अझै बेपत्ता छन् ।

        निष्पक्षरूपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभन्नि राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला सङ्घसंस्थाले समेत आवाज उठाउँदै आएका छन् । ती सङ्घसंस्थाले रुकुम घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी घटनामा संलग्न जोकोहीलाई कानूनी दायाराभित्र ल्याइ कानूनी कारवाहीका लागि नेपाल सरकारसँग  जोडदार मागसमेत गरेका छन् । (रासस)

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६